कुमारग्राम गोर्खा समाजद्वारा भानु जयन्ती मनाउने

कालचिनी। आगामी १३ जुलाईको दिन डुवर्सको अलिपुरद्वार जिल्ला अधीनस्थ‌ असम भोटाङ सीमान्त गाउँ कुमारग्रामको न्यूल्याण्ड्स चियाबारीमा २०८औँ भानु जयन्ती समारोह डुवर्स नेपाली साहित्य विकास समितिको सहयोगितामा भव्यरुपमा मनाईने जानकारी सो समारोह कमिटीको पक्षबाट अलताप लामा र सुरज विश्वकर्माले दिएका छन। आज उक्त समारोहको तयारी सभा लिएर एउटा बैठक सम्पन्न भएको थियो भने सो बैठकमा डुवर्स नेपाली साहित्य विकास समितिको कार्यकारी अध्यक्ष अबीर खालिङ मूलसचिव रबिन खवास लगायत सांस्कृतिक टोलीका हर्कु तामाङ र चन्दन भट्टराईको उपस्थिति रहेको थियो।
बैठकमा १३ जुलाईको दिन सम्पन्न हुने भानु जयन्ती समारोहमा डुवर्स नेपाली साहित्य विकास समितिको सहभागिता साथै सहयोगिता रहने डुवर्स नेपाली साहित्य विकास समितिको मूलसचिव रबिन खवासले जनाएका छन।
कार्यक्रमको खेस्रा औ आयोजक कमिटीको भुमिकाबारेमा आज चर्चा साथै कार्यक्रम स्थलको निरीक्षण पनि गरिएको बताईएको छ। आयोजक कमिटीको पक्षबाट अलताप लामाले कार्यक्रम न्यूल्याण्ड्स चियाबारीको मैदानमा सम्पन्न हुने र यसमा नेपाली सांस्कृतिक औ साहित्यिक कार्यक्रम साथै शोभायात्रा एवम् गोर्खे सांस्कृतिक प्रदर्शनी पनि राखिने जनाएका छन।

About Author

Advertisement