कुमारग्राममा डुवर्स तामाङ बौद्ध संघको सभा

cae867d5-b6db-411e-8b91-adfd0baef878

कालचिनीः डुवर्सको अलिपुरद्वार जिल्ला अधीनस्थ पर्ने असम-बंगाल र भोटाङ सीमान्तमा अवस्थित कुमारग्राम खण्डको न्यूल्यान्ड्स धुमपाड़ा स्थित ऋषि होइसोर्लिङ गुम्बा परिसरमा आईताबार डुवर्स तामाङ बौद्ध संघको सांगाठानिक सभा संघको अध्यक्ष धनबहदुर वाईबाको अध्यक्षतामा सम्पन्न भयो।
सो सभामा संघका केन्द्रिय मूलसचिव कुमार गोले, केन्द्रिय समिति सदस्य तथा प्रमुख सल्लाहकार असिम पाख्रिन, केन्द्रिय सदस्य श्याम थोकर, केन्द्रिय सदस्य तथा गान्बा लाक्पा योञ्जन, केन्द्रिय सदस्य टीकाराम योञ्जन र संघको केन्द्रिय प्रचार प्रसार सचिव प्रदीप ब्लोन एवम् कुमारग्राम खण्डको विभिन्न गाउँहरूबाट आएका तामाङ प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
संघको पदाधिकारीहरूलाई न्यूल्यान्ड्स धुमपाड़ा स्थित ऋषि होइसोर्लिङ गुम्बाको प्रतिनिधिहरू हाइकम लामा, अलताप लामा एवम् अन्यान्य सदस्यहरूले स्वागत जनाएको थियो। सभामा तामाङ जनजातिको मूल्य मान्यतासितै जातिको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा सम्वर्द्धन आदि विषयहरूमा लामो चर्चा सम्पन्न भएको थियो।
सभा पश्चात डुवर्स तामाङ बौद्ध संघको सांगठनिक विस्तारमा डुवर्सको शीरमा रहेको कुमारग्राम खण्डभरीका तामाङ सन्तानलाई संघको सुत्रमा गाँस्न कुमारग्राम ब्लक कमिटीको गठन आगामी नोभेम्बर महीनाको अन्ततिर गरिने प्रस्तावना पारित गरिएको संघको केन्द्रिय मूलसचिव कुमार गोलेले जनाएका छन्। नोभेम्बर महीनामा कुमारग्राम ब्लकको तामाङहरूको एउटा भेला डाक्ने दायित्व अलताप लामालाई सुम्पिएको मूलसचिव कुमार गोलेले थप जनाएका छन्।

About Author

Advertisement