कुनै अष्ट्रेलियाईलाई प्रशिक्षक बन्ने प्रस्ताव नदिइएको दावी गरे जय शाहले

IMG-20240524-WA0304.jpg

मुम्बई: बीसीसीआई (भारतीय क्रिकेट कण्ट्रोल बोर्ड) सचिव जय शाहले बोर्डले कुनै पनि पूर्व अष्ट्रेलियाई क्रिकेटरलाई भारतका मुख्य प्रशिक्षक बन्न सम्पर्क गरिएको खबरको खण्डन गरेका छन्। आउँदो महिना हुने टी२० वर्ल्ड कपको साथमा वर्तमान प्रशिक्षक राहुल द्रविड़को कार्यकाल समाप्त हुनेछ। द्रविड़ले आफ्नो कार्यकाल विस्तार गर्न चाहेका छैनन्। यसबीच अष्ट्रेलियाका पूर्व क्रिकेटर रिकी पण्टिंग र जस्टिन लेंगरले उनीहरूले यस पदको निम्ति आएको प्रस्तावलाई अस्वीकार गरेको दावी गरेका थिए। शाहले एउटा बयानमा भनेका छन्, मैले या बीसीसीआईका कुनै पनि अधिकारीले कुनै पनि अष्ट्रेलियाई पूर्व क्रिकेटरसँग प्रशिक्षक पदको निम्ति सम्पर्क गरेका छैनन्। मीडियामा चलिरहेको यी सब खबरहरू सरासरी झूटो हो। उल्लेखनीय छ, आईपीएलको जारी सीजनमा पण्टिंग र लेंगर क्रमशः दिल्ली क्यापिटल्स र लखनऊ सुपर जाइण्ट्सका मुख्य प्रशिक्षक हुन्। द्रविड़पछि भारतीय प्रशिक्षक नै चयन गर्ने संकेत दिँदै शाहले भने, राष्ट्रिय टीमको निम्ति सही प्रशिक्षक चयन गर्ने प्रक्रिया लामो छ। हामी यस्ता व्यक्तिको खोज गरिरहेका छौं, जसलाई भारतीय क्रिकेटको ढाँचाको गहिरो जानकारी हुनेछ अनि आफ्नो कौशलद्वारा शिखरमा पुगेका हुनेछन्।

About Author

Advertisement