कुचबिहार: कुचबिहारको शाही युगको महाराजा नृपेन्द्र नारायण हाई स्कूल शताब्दी वर्षमा प्रवेश गरेको छ। आज विद्यालयको स्थापना दिवसको शताब्दी समारोह रंगारंग जुलुसबाट शुरु भएको छ। यस दिन विद्यालयका वर्तमान विद्यार्थी, विद्यालयका शिक्षक, पूर्व विद्यार्थी र पूर्व शिक्षकहरूको समेत रंगारंग ऱ्यालीमा सहभागिता हुने गर्दछ। कुचबिहार महाराजा नृपेन्द्र नारायण हाईस्कुलबाट शुरु भएको जुलुस कुचबिहारका विभिन्न गल्ली परिक्रमा गर्दै कुचबिहार महाराजा नृपेन्द्र नारायण हाईस्कुलमा समापन भएको थियो। महाराजा नृपेन्द्र नारायण हाईस्कुलको सम्पदा र शाही युगको ऐतिहासिक महत्वलाई उजागर गर्न विद्यालयका विद्यार्थीहरूले विशेष झाँकी निर्माण गरेका थिए। विद्यालयको शतवार्षिकीका अवसरमा आगामी एक वर्षसम्म विभिन्न सामाजिक सेवाका कार्यक्रम सञ्चालन गरिने भएको छ।










