काेचबिहारको आवासीय क्षेत्रमा हात्तीको बथान प्रवेश

316380aa-37a0-4d51-8a30-3ba30df40f48

काेचबिहार: बिहान जंगलबाट निस्केका ५ वटा हात्ती काेचबिहारको आवासीय क्षेत्रमा प्रवेश गरेका छन्। उक्त क्षेत्रमा हात्ती देखेपछि स्थानीयवासी त्रसित भएका छन्। वन विभागले बस्तीबाट हात्तीलाई जंगलमा फर्काउन पहल गरेको छ। एकातिर वन विभागले हात्तीलाई जंगलमा फिर्ता गराउने प्रयास गरिरहेको बेला अर्कोतिर बिहानैदेखि हात्ती हेर्न आतुर मानिसहरूको भीड लागेको छ। स्थानीय स्रोतका अनुसार माथाभाङ्गा नम्बर २ ब्लकको घोक्सडांगा क्षेत्रमा आज बिहान हात्ती देखिएको हो। घोक्साडंगाका विभिन्न क्षेत्रमा बिहानैदेखि हात्तीको चहलपहल रहेको छ। सूचना पाएलगत्तै माथाभाङ्गा वन डिभिजनका रेन्जर सजल पाल अन्य वनकर्मीसहित घटनास्थल पुगेका थिए। हात्तीलाई जंगलमा फिर्ता ल्याउने प्रयास भइरहेको छ। वन विभाग स्रोतका अनुसार घोक्साडंगा क्षेत्रमा बिहानै ५ वटा हात्ती पसेर विभिन्न क्षेत्रमा घुमिरहेका थिए। तर, कुनै क्षतिको खबर भने आएको छैन।

About Author

Advertisement