किस्नी पुलबाट हाम फालेर बेपत्ता

IMG-20240928-WA0074

भद्रपुर: झापा जिल्ला स्थित गौरीगञ्जको बेलडाँगी र बघाचौधरी जोड्ने किस्नी पुलबाट खोलामा हाम फालेर एक व्यक्ति बेपता भएका छन्। गौरीगञ्ज २ भाकुरमारी सुकुम्बासी टोल बस्ने अन्दाजी ५० बर्षका केमालाल ताजपुरिया खोलामा हाम फालेर बेपत्ता भएका छन्। हिजो दिउसो करिब ४ बजे तिर उनले पुलबाट खोलामा हाम फालेको स्थानियहरुले बताएका छन्। लगातार बर्षाका कारण किस्नी खोलामा अहिले पानीको बहाब उच्च रहेको छ। उनको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ।

About Author

Advertisement