किराँती खम्बु राई सांस्कृतिक संस्थान् पचेङ शाखाको सभा

742262f8-33ac-4078-9a53-4735b6b5542d

सोनादा  : किराँती खम्बु राई सांस्कृतिक संस्थान पचेङ शाखाको सभा नन्द गाउँ सार्वजनिक भवनमा सभापति एनसी राईको सभापतित्वमा सभा सम्पन्न भएको छ। सभामा सर्वप्रथम पारूहाङ – सुम्निमाको स्मरण गर्दै बुजुर्क तिलक राईद्वारा दीप प्रजलन गर्दै कीखरासासका कर्मठ सदस्यको स्व जेबी राईको मृतात्मले शान्ति पाऊन् भनी दुइ मिनेरको मौन धारण गरियो।

सभामा निर्णय अनुसार शाखामा सभापति एनसी राई, सचिव सुरेश राईलाई नै राखी उप सभापति सुवास राई,  सह सचिव त्योटी राई, कोषाध्यक्ष अर्जुन राई, सह कोषाध्यक्ष सफल राई साथै मुख्य सल्लाहकार आरआर राई, दिपक राई साथै 22 जनाको कार्यकारिणी समितिको चयन गरिएको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement