गेजिङ: गेजिङ बर्मेक निर्वाचन क्षेत्रका विधायक लोकनाथ नेपालले आज सोही निर्वाचन क्षेत्र अन्तर्गत रूङदु निवासी अञ्जली सुब्बाको उल्लेखनीय उपलब्धिलाई लिएर अभिनन्दन जनाए। उल्लेखनीय छ, गत केही दिन अघि कम्बोडियामा सम्पन्न भएको किक बक्सिङ प्रतियोगितामा सुब्बाले देशलाई प्रतिनिधित्व गर्दै रजत पदक हासिल गरेकी थिइन्। उनले सो प्रतियोगितमा रजत पदक हासिल गरेर केवल सिक्किमको मात्र नभएर देशको नाम रोशन गर्दै युवा खेलाडीहरूलाई प्रोत्साहन गरेकी छन्। अभिनन्दन कार्यक्रममा मन्त्री भीमहाङ लिम्बू, मन्त्री एनबी दाहाल, सिक्किम मिल्क यूनियनका अध्यक्ष यम कुमार मिश्रा लगायत स्थानीयहरूको पनि उपस्थिति रहेको थियो। किक बक्सिङलाई सिक्किममा तुलनात्मक रूपमा दुर्लभ खेलको रूपमा हेर्दा सुब्बाले हासिल गरेको उपलब्धि उल्लेखनीय रहेको र अन्तर्राष्ट्रिय मञ्चमा उनको सफलता र लगनशीलताको यो एक प्रमाण हो। दुर्गम क्षेत्रबाट आएकी सुब्बाको विजयले महत्वाकांक्षी खेलाडीहरूका लागि एक उदाहरण दिएकी छन्। मुख्यमन्त्री पी. एस. गोलेको दूरदर्शी नेतृत्वमा आज सिक्किम जस्ता सानो राज्यमा धेरै खेलाडीहरूले अवसर पाइरहेका छन्।








