काेचबिहार: काेचबिहारको माथाभंगा रोडमा रहेको काेचबिहार ब्लक १ को बाराई बारी क्षेत्रमा उत्तर बंगाल राज्य यातायात निगमको बसको इन्जिनबाट अचानक ठूलो धुवाँ निस्कन थाल्यो। आत्तिएका यात्रुहरू बसबाट ओर्लिए। शुक्रबार दिउँसो भएको घटना पछि, बसलाई काेचबिहाररको नयाँ बस स्ट्यान्डमा फिर्ता ल्याइएको थियो। सूचना पाएपछि उत्तर बङ्गाल राज्य यातायात निगमका अध्यक्ष पार्थप्रतिम रोय बस स्ट्यान्ड पुगेका थिए। उनले निगमका इन्जिनियरसँग बसको निरीक्षण गरी यस्तो घटना किन घट्यो भन्ने जानकारी लिएका थिए। तेल पम्पमा खराबीका कारण यस्तो घटना भएको उनले बताए।










