काशी हिन्दू विश्वविद्यालय भाषा प्रयोगशाला उद्घाटित

00-1-BHU

वाराणसी:  काशी हिन्दू  विश्वविद्यालयको भारतीय भाषा विभागमा तमिल भाषा प्रयोगशाला आज उद्घाटित भएको छ। तमिल भाषालाई प्रोन्नत गराउने अभिप्रायले तमिलनाडु सरकारले वित्तपोषण गरी भाषा प्रयोगशाला स्थापना गरिदिएको छ। प्रयोगशाला उद्घाटन गर्नाका लागि तमिलनाडु सरकारको तमिल विकास तथा सूचना विभागका महासचिव ‌‌डा.आर सेल्वराज,आइ ए एस र तमिल विकास विभागका निदेशक  डा.एन अरुल चेन्नईबाट आएका थिए। 

भारतीय  भाषा विभागका अध्यक्षको उपस्थितिमा भएको यस कार्यक्रममा भाभावि र अन्य विभागका तमिल प्रधायापकहरू, मराठीका प्रो. प्रमोद पडवल, भारतीय प्रौद्योगिकी संस्थानका डा. विशाल छेत्री, ससंविवि.-का डा. अमित थापा र भाभावि-का शोधार्थीहरू उपस्थित थिए। सपरिवार काशी आएका सचिव र निदेशक हिजो काशीका तमिल महाकवि सुब्रमण्य भारतीको आवास गई दिवङ्गत महाकविका ९७ वर्षीय भानिज, नातिनी र पनातिहरू भेटे।  आज उद्घाटित यस भाषा प्रयोगशाला अतमिल-भाषीहरूलाई तमिल भाषा सिकाउनमा उपयोग गरिनेछ। भारतका विकसित भाषामा जस्तै भारतको सबैभन्दा पुरानो तमिल भाषाका लागि राज्य सरकारहरूले नै रुचि लिने गर्दछन्। नेपाली भाषालाई प्रोन्नत गराउने काम पनि यसरी गर्नुपर्दछ भन्ने सोच नेपालीभाषी प्रशासनतिर पनि आइदिए कति राम्रो हुने थियो कठै भन्ने पर्यवेक्षकहरूले बोध गरेको थाहा लागेको छ।

About Author

Advertisement