कालेबुङ जिल्लाबाट विजयी तीन निर्दलीय सभासदहरु भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

IMG-20220705-WA0134.jpg

कालेबुङ: कालेबुङ जिल्लाका तीन निर्दलीय विजेताहरू क्रमैले उम्मेद्वार ३४ नम्बर समष्टिका विकास राई, ३८ नम्बर समष्टिका कुमार शर्मा अनि ३९ नम्बर समष्टिका विरे राई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्।

कालेबुङ जिल्ला समितिका महा सचिव विनय घिसिङले जानकारी दिए अनुसार तीन जना निर्दलीय सभासदले पत्र मार्फत भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बोर्डलाई समर्थन दिने जनाए पश्चात केन्द्रीय नेतृत्वको परामर्श अनुसार नै उहाँहरुलाई पार्टीमा सामेल गराएका हुन्।

तीनै जना निर्दलीय सभासदहरुले पत्रकारलाई बताए अनुसार उनीहरू जनताको मांग अनुसार नै भा गो प्र मो मा सामेल भएका हुन।
विकास राईले भने,”जनताले जे मागेको थियो, म जनताको सेवा गर्नु निस्केको, जनताले मागेको कुरा दिएको छु।”
कुमार शर्मा भन्छन, ” म २०१७ देखि नै अनित थापाको साथमा थिए। अनित थापाको सोच अनि विचारलाई नै समर्थन दिँदै आज सामेल भएका हौ। एक्लो बसेर क्षेत्रको काम गर्नु सक्दैनौ। मलाई भोट दिनेहरू ८०% भा गो प्र मो का समर्थकहरू नै थिए।”

तीन निर्दलीयले पाएको भोटलाई समावेश गर्दा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भोट संख्या बढेर १,९९,४४५ पुगेको छ। भनौं भविष्य निर्माणका सहयात्रीहरु १,९९,४४५ छन्।

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभासद्को संख्या ३० पुगेको छ। कालेबुङ जिल्लामा भा गो प्र मो ले पाएको मत अब ६६,४०६ भएको छ।

About Author

Advertisement