कालेबुङमा फोटो प्रतियोगिता साथै प्रदर्शनीको कार्यक्रम हुने

IMG_20220822_202437.jpg

कालेबुङ: फोकस कालेबुङद्वारा आगामी १७ र‌ १८ सेप्टेम्बरको दिन फोकस कालेबुङको आयोजनामा कालेबुङमा दुई दिने फोटो प्रतियोगिता तथा प्रदर्शनीको आयोजना गरिने भएको छ। यस फोटो प्रदर्शनीमा क्यामेराबाट लिएको फोटो र प्रकृतिसँग सम्बन्धित फोटो हुनुपर्ने अनिवार्यता आयोजक समितिका सदस्य सामतेन काबो अनि प्रवीण छेत्रीले पत्रकारहरुलाई बताएका छन् ।यस विषयमा थप जानकारी गराउँदै बोल्दै उनले पहाडको स्थानीय फोटोग्राफरहरुको मनोबल अझ बढाउन अनि स्तरीय फोटो खिच्ने दिशामा फोटोग्राफरहरुलाई अग्रसर गराउन रहेको बताएका छन्।

About Author

Advertisement