दार्जीलिङ। कालेबुङमा परिवर्तनको हावा स्पष्ट देखिएको हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले बताए। जीटीए सभा चुनावको प्रचार-प्रसार गर्न हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस अहिले कालेबुङमा रहेको छ। आज कालेबूङको ३४ नम्बर होम्स भालूखोप समष्टिमा हाम्रो पार्टीको उम्मेद्वार पेन्जो गम्पुको पक्षमा अध्यक्ष अजय एडवार्डसले चुनावी प्रचार-प्रसार गऱ्यो। यसै अवधि पत्रकारहरूसँगको कुराकानीमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले कालेबुङमा परिवर्तनको हावा स्पष्ट देखिएको तिनले बताए। विगतको ३०,३५ सालको अवधि त्यस समयको नेतृत्वहरूले के गऱ्यो अनि के गरेन त्यस विषयहरूतिर नजाउ तर कालेबुङलाई अझ विकाशित गर्ने दिशामा तपाई हामी एकबद्व हुन पर्छ भन्ने अध्यक्ष एडवार्डसले आहवान गऱ्यो। दार्जीलिङमा अहिले पयर्टकहरूको ओइरो लागेको छ, हामीले कालेबुङलाई पनि विकाशित गरेर चार पाँच पयर्टकहरू यही बस्न मन पराउने बनाउनु सक्नु पर्छ। कालेबुङमा धेरै राम्रो राम्रो मानिसहरू छन् अनि कलाकार साथै प्रतिभाशाली ब्यक्तित्वहरूको पनि कुनै कमी छैन भन्ने अध्यक्ष एडवार्डसले बताए। जीटीएमा युवाहरूलाई प्रोत्सान दिने योजनाहरू रहेको अध्यक्ष एडवार्डले बताए। एक प्रश्नको जवाफमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले जनताको राज भनेको हरेक कार्यहरू जनताको आखाँ अघि हुनेछ भन्ने बताए। दार्जीलिङ नगरपालिकामा जनताको राज आइसकेको छ अब तपाई हामी मिलेर लाल कोठीमा पनि जनताको राज ल्याउनु पर्छ भन्ने अध्यक्ष एडवार्डसले भने।तिनले आगमी २६ जूनको दिन जीटीए सभा चुनावको मतदान हुने भएको छ, त्यस दिन कालेबुङलाई विकाशित गराउन ३४ नम्बर होम्स भालूखोप समष्टिबाट पेन्जो गम्पुलाई तोस रोटीको चुनाव चिन्हमा भोट दिने आहवान पनि अध्यक्ष एडवार्डसले गऱ्यो।









