कालेबुङमा एक ३८ वर्षीय बङ्ग्लादेशी नागरिक पक्राउ

IMG-20250521-WA0193

कालेबुङ: कालेबुङ पुलिसले एक संदिग्ध बंगलादेशी व्यक्तिलाई पक्राउ गरेको छ। उक्त व्यक्तिको परिचय ३८ वर्षीय महम्मद अब्दुल सत्तार मिलनको रूपमा गरिएको छ। उनी बङ्ग्लादेशको बेलकटा जिल्ला, रङ्पुर निवासी भएको पुष्टि भएको छ। पुलिसको प्रारम्भिक अनुसन्धान अनुसार उनी अवैध रूपमा भारत प्रवेश गरी कालेबुङ क्षेत्रमा बसोबास गरिरहेका थिए। पक्राउपछि कालेबुङ थानाद्वारा उनलाई सोधपुछ गरिएको छ। त्यसपछिको प्रक्रियामा मेडिकल परीक्षण गराइनेछ र उनलाई कालेबुङ कोर्टमा पेश गरिने बताइएको छ। उनीविरुद्ध फोरेनर्स एक्ट अन्तर्गत कानुनी प्रक्रिया अगाडि बढाइनेछ। यसबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।

About Author

Advertisement