कालेबुङबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नयाँ अभियान मिसन पुनर्मिलन शुरु

IMG-20230719-WA0261.jpg

कुर्सी होइन जनताको सेवा नै बीजीपीएमको राजनैतिक संस्कार हो: अनित थापा

कालेबुङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले कालेबुङमा पञ्चायत चुनावमा बिजय हाँसिल गरेको अवसरमा बिजय उत्सव मनाउँदै नयाँ अभियान मिसन पुनर्मिलन शुरु गरेको घोषणा गरिएको छ।भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, कालेबुङ जिल्ला समितिको तत्वावधानमा आयोजित विजय उत्सव समारोहमा बोल्दै पार्टी अध्यक्ष अनित थापाले घोषणा गरे, “मिसन पञ्चायतमा हामी सफल बन्यौ। अब हामी पार्टीको पुनर्मिलन अभियान लिएर अघि बढ्नेछौ।”
मिसन पुनर्मिलनमा रिसाएर गएका भड्किएका कार्यकर्ताहरू अनि नेतृत्वहरुलाई पुनः पार्टीमा फर्काई ल्याउने मिसन रहनेछ।

उनले अझ भने, ‘यो उत्सव होइन सम्बर्ध्दना कार्यक्रम हो। उत्सव मनाउँदा मेरो आफ्नै हारेको साथीहरूलाई दुख्छ। मेरो निम्ति चुनाउ जित्नु भनेको जनमानसको साथमा रहनु हो। टिकटको लड़ाईमा हामीले पुरानो साथी गुमाई पठायौं।”
बीजीपीएमको राजनीति सोच अनि नीतिमा गरिने राजनीति हो। पार्टीको सोच, सिद्धान्त अनि नीति विरोधमा काम गर्ने कार्यकर्ताको विरुद्ध पार्टीले अनुशासनको कार्यवाही गर्नेछ भनी विरोधी कार्यकर्तालाई कठोर चेताउनी दिँदै उनले भने,”पार्टीको अनुशासन बिग्रियो भने पार्टी नै बिग्रेर जानेछ।”
उनले विजेताहरुलाई सतर्क गराउँदै भने, “कुर्सी होइन जनताको सेवा नै बीजीपीएमको राजनैतिक संस्कार हो। कुर्सीको निम्ती राजनीति गर्नु आउनु भएको हो कि जनताको सेवा गर्नु आउनु भएको? हामीले गर्ने राजनीति कुर्सीको होइन, जनताको सेवा हो।”

समारोह पश्चात पत्रकारहरुसँगको कुराकानीमा उनले निर्दलीय बिजेताहरूमाथि सोधिएको प्रश्नमा भने, “चुनाउ समय घरभित्र झगडा हुनु सामान्य कुरा हो। धेरै जस्तो निर्दलीय बिजेताहरू हाम्रै पार्टीका हुन्। उहाँहरू सबै बिस्तारै घर फर्कने छन्। घरभित्रको झगडालाई हामी घरभित्र नै सुल्झाउने छौं।”

बोर्ड गठन विषय उनले भने, “सत्तामा बस्नु खोज्नु राजनैतिक दलको धर्म हो। हामी राजनैतिक दल हौं। नौवटै पञ्चायत समितिमा बोर्ड गठन गर्न चाहान्छौं फेरि पनि भन्छु नौवटै पञ्चायत समितिमा हामी बोर्ड गठन गर्नेछौं।”

About Author

Advertisement