कालेबुङको हुलाक कार्यालय (पोस्ट अफिस)परिसरमा स्वच्छ भारत मिशन अन्तर्गत साफ-सफाई

IMG_20221019_192330.png

कालेबुङ: पोस्ट अफिस वा हुलाक विभागको कालेबुङ शाखाद्वारा आज स्वच्छ भारत मिशन अन्तर्गत सफाई अभियान सम्पन्न गरियो। कालेबुङ पोस्ट अफिस कार्यालयका सबै कर्मचारीहरूले आज आफ्नै कार्यालय अनि यसको परिसरमा सर सफाई गरे। स्वच्छ भारत मिशन अन्तर्गत विभागद्वारा उक्त अभियान सम्पन्न गरिएको बताइएको छ। यस सर सफाई अभियान अवधि डाक घरको कार्यालयको परिसरमा धेरै समयदेखि जंगल भएको झारपातहरूको साफ सफाई गरेर स्वच्छ र सुन्दर बनाइने कार्य गरियो। आफ्नो गाउँ घर, आफ्नो ठाउँ हामी आफै सफा राखौं भन्ने सन्देश दिनको लागि पनि उक्त सफाई अभियान गरिएको पोस्ट मास्टर पारस थापाले बताएका छन्।

About Author

Advertisement