कालेबुङको पहाडमा शुरु भयो प्रकृति पाठ साहसिक शिविर

IMG-20241228-WA0122

सिलगढी: मालबजार माउन्टेन ट्रेकर्स फाउन्डेसनको नवौं प्रकृति पाठ साहसिक शिविर शुक्रबार कालिम्पोङ जिल्लाको पहाडी क्षेत्रको सामसिङ फडी मैदानमा शुरु भयो। ३० दिसम्बरसम्म चल्ने यस शिविरमा उत्तर बंगालका विभिन्न क्षेत्रका ६५ जना केटाकेटी सहभागी छन्। ४ दिनसम्म चल्ने यस शिविरमा केटाकेटीलाई आत्मनिर्भरताका साथै विभिन्न वनस्पति, जनावर तथा चराचुरुङ्गीसँग पनि परिचय गराइने छ। राष्ट्रिय झण्डा र संगठनको झण्डा फहराएर शिविर शुरु गरिएको हो।

कार्यक्रममा रेन्जर सुखदेव राई, ललितकुमार ठाकुर, पञ्चायत समिति सदस्य सेवोल्मा शेर्पा, समाजसेवी किशोर थापालगायतको उपस्थिति रहेको थियो। सबैको सहकार्यमा विगत ९ वर्षदेखि यो शिविर आयोजना हुँदै आएको मालबजार माउन्टेन ट्रेकर्स फाउण्डेशनका सचिव स्वरूप मैत्रले बताए। शिविरको मुख्य उद्देश्य बालबालिकालाई आत्मनिर्भर बनाउनुका साथै प्रकृतिका बोटबिरुवा, जनावर र रुखसँग परिचित गराउनु रहेको छ। शिविरमा जम्मा १ सय १० जनाको सहभागिता रहेको छ।

About Author

Advertisement