कालेबुङका आठजना कराँते खेलाड़ीहरू पहाड़लाई नै प्रतिनिधत्व गरी नयाँ दिल्ली प्रस्थान

IMG-20220811-WA0123.jpg

कालेबुङ: नयाँ दिल्लीमा समपन्न हुन गइरहेको १६औं अल इण्डिया इण्डिपेण्डेन्स कप कराँते च्याम्पियनशीप २०२२-मा भाग लिन यसपल्ट कालेबुङका आठजना कराते खेलाड़ीहरू दिल्ली प्रस्थान गरे। यस कराते च्याम्पियनशीपको आयोजनस आगमी १३ र १४ अगस्तको दिन नयाँ दिल्लीमा हुनेछ। सेन्सी सुशन थापाको प्रशिक्षणमा रहने सुशन्स कराँते -डो-एकाडमीका यी आठजना जना खेलाड़ीहरूले दार्जीलिङ गोर्खा कराँते -डो एसोसिएशनको ब्यानरअन्तर्गत जीटीए कराँते टीमको प्रतिनिधित्व गर्नेछन्।

यी आठजना खेलाड़ीहरूमा अमिमेश राई (१४ -१५ वर्ष), प्रियदर्शन थापा (१४ -१५ वर्ष), रिन्छेन लामा (१६-:१७ वर्ष), प्रणाम खालिंग (१३ वर्षभन्दा मुनि बोइज), प्रभाकर छेत्री (१३ वर्षभन्दा मुनि बोइज), अयुषा गुरुङ (१३ वर्षभन्दा मुनि गर्ल्स), अमिश फेन्शा (जूनियर बोइज) र बिपिन विश्वकर्मा (जूनियर बोइज)मा सामेल छन्। आज यी सबै खेलाड़ीहरूलाई कालेबुङ स्पोर्ट्स एसोसिएशन (केएसए)-को तर्फबाट मेला ग्राउण्डमा सम्बर्द्धना पनि जनाइयो। सम्पुर्ण टोलीलाई शुभकामना व्यक्त गरे।

About Author

Advertisement