कालचिनी चियाबारीको श्रमिकहरूले गरे धरना

IMG-20220708-WA0145.jpg

कालचिनी: शनिबार हुने पाक्षिक वेतन आगामी सप्ताह मात्र दिइने कुराले आज दिउँसोको पत्ती ओजन अवरुद्ध गर्दै बक्सा डुवर्स टी कम्पनी लिमिटेड अधिनस्थ रहेको कालचिनी चियाबारीको श्रमिकहरूले फ्याक्ट्री गेट अघि प्रायः अढ़ाई घन्टा जति धरना प्रदर्शन गरेको थियो। बिहान ११ बजीदेखि अपरान्ह १.३० बजीसम्म श्रमिकहरूले भोलि शनिबार पाउने पाक्षिक वेतन किन भोलि नै नदिने यसो गरे बजार सौदापात र मुस्लिम श्रमिकहरूको बक़रीद चाड पनि खल्लो हुने भन्दै विरोध प्रदर्शन गरेको थियो।
महिला श्रमिकहरूले मालिकले आएर यसको समाधान नगरे पत्ती ओजन नदिने भन्दै प्रायः अढ़ाई घन्टा धरनामा श्रमिकहरू बसेको थियो। अन्ततः कमानको डेपुटी म्यानेजर र ट्रेड यूनियनका नेताहरूले श्रमिकहरूलाई वेतनबारेमा मालिकलाई जतिसक्दो भोलि शनिबार नै दिने निवेदन गरिएको र अहिलेलाई यो धरना फिर्ता लिने अनुरोध गरेपछि श्रमिकहरूले धरना उठाएर पत्तीको ओजन दिएको थियो। यता कमान प्रबन्धनपक्षले लेनदेनको कारण शनिबार श्रमिकहरूको पाक्षिक वेतन दिनु सम्भावना नरहेकोले वेतन आगामी बुधबार दिने अवगत प्रत्येक ट्रेड यूनियनका प्रतिनिधिहरूलाई गरेको तर पनि आज श्रमिकहरूले धरना गरेको र जतिसक्दो सम्भव भए मालिकले शनिबार नै श्रमिकहरूको वेतन दिने तर असुविधा भए आगामी बुधबारसम्म वेतन दिने जनाएका छन्। धरना सम्बन्धमा ट्रेड यूनियन नेताहरू राजेन कामी, देवकुमार राई, ओमदास लोहार र सोभित लामाले श्रमिकहरू अचानक ११ बजीको ओजनलाई नदिने भन्दै धरना बसेको र जतिसक्दो शनिबार फेरि यसबारे मालिकसित कुराकानी गरेर समाधान गर्ने प्रचेष्टा गरिने जनाएका छन्।

About Author

Advertisement