कार्यकारी अध्यक्ष केएन लेप्चासित एसकेएम विद्यार्थी प्रकोष्ठका नवनियुक्त कार्यकारीहरूले भेट गरे

IMG-20240717-WA0003

गान्तोक: एसकेएम विद्यार्थी प्रकोष्ठका नवनियुक्त कार्यकारीहरूले आज पार्टी मुख्यालयमा कार्यकारी अध्यक्ष कुङ्गा निमा लेप्चासित भेट गरे। उनीहरूले संयुक्त राज्य अमेरिकामा आयोजित इन्टरनेसनल भिजिटर्स लिडरसिप प्रोग्राम (आईभीएलपी) मा भारतको सफलतापूर्वक प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकोमा विद्यार्थी प्रकोष्ठका अध्यक्ष छिरिङ वाङचुक लेप्चालाई पनि बधाई दिएका छन्।
यसपछि भविष्यको गतिविधिमाथि चर्चा गर्न विद्यार्थी प्रकोष्ठको एक समन्वय सभा सम्पन्न भएको एसकेएम पार्टीका प्रवक्ता सञ्जय दिलपाली राईले आज जारी एक प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्। विज्ञप्तिमा उल्लेख छ, विद्यार्थीहरू हाम्रो भविष्य हुन् र भोलि विश्वलाई आकार दिनेछन्, त्यसैले हामी विश्वस्त छौं कि नवनिर्वाचित विद्यार्थी प्रतिनिधिहरूले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा परिकल्पित सुनौलो, समृद्ध र सामर्थ सिक्किमको दृष्टिकोणलाई अगाडि बढाउनेछन्। हामी एसआरसीको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरेकोमा कलेज प्रशासनलाई पनि बधाई दिन चाहन्छौं।

About Author

Advertisement