कामाख्यागुडीबाट धेरै मात्रामा अवैध सालको काठ सहित एकजना पक्राउ

अलीपुरद्वार: अलीपुरद्वार जिल्लाको कामाख्यागुडी बाङ्ग्ला चौपथी इलाकामा कामाख्यागुडी मोबाइल रेञ्जका वनकर्मीहरूले गत राति अभियान चलाएर तस्करी गर्न अगावै धेरै मात्रामा अवैध सालको काठ उद्धार गरेको छ। यस घटनामा एउटा वाहन सहित एकजना व्यक्तिलाई पनि बनकर्मीहरुले पक्राउ गरेको छ। यस अभियानमा पक्रा परेका जादव राय अलीपुरद्वार जिल्लाको तपसीखाता इलाका निवासी रहेको बताइएको छ। वन विभाग सूत्रले दिएको जानकारी अनुसार, चोरी गरेको काठ कुचबिहारको बक्सरहामा तस्करी गर्ने उद्देश्य लिएर गइरहेको समय वन कर्मीहरूले अभियान चलाएर एउटा वाहनबाट धेरै मात्रामा अवैध सालको काठ उद्धार गरेको छ। उक्त घटनामा वन कर्मीहरूले पक्राउ गरेको आरोपीलाई आज अलीपुरद्वार अदालतमा पेश गरियो। वन विभागले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

About Author

Advertisement