काबुलस्थित रुसी दूतावास बाहिर विस्फोट हुँदा २ कूटनीतिज्ञसहित २० जनाको मृत्यु

Blast

काबुल: अफगानिस्तानको काबुलस्थित रुसी दूतावास बाहिर सोमबार भएको विस्फोटमा २० जनाको मृत्यु भएको छ। मारिनेमा दुईजना रुसी कूटनीतिज्ञ रहेका छन्। रुसी सरकारी सञ्चारमाध्यम आरटीले अफगानिस्तानको स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै यो समाचार दिएको हो। अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका रिपोर्टअनुसार अफगान पुलिसले काबुलस्थित रुसी दूतावासको प्रवेशद्वार नजिकै आत्मघाती बम विस्फोट भएको बताएको छ। दूतावासको सुरक्षामा खटिएका सशस्त्र गार्डहरूले आत्मघाती आक्रमणकारीलाई पहिल्यै पहिचान गरी गोली हानेको पुलिसले जनाएको छ। तैपनि उनी दूतावासको गेट नजिकै पुग्न सफल भए। रुसी दूतावास रहेको इलाकाका पुलिस प्रमुख मौलावी साबिरले रोयटर्सलाई भनेअनुसार आत्मघाती हमलाकारीलाई रुसी दूतावासको सुरक्षामा खटिएका तालिबान गार्डहरूले गेटमा पुग्नुअघि नै पहिचान गरी गोली हाने। एक वर्षभन्दा बढी समयअघि तालिबानले आफ्नो कब्जामा लिएपछि काबुलमा आफ्नो दूतावास कायम गर्ने केही देशमध्ये रुस पनि एक हो। यद्यपि मस्कोले तालिबान सरकारलाई आधिकारिक रूपमा मान्यता दिएको छैन, तर उनीहरूले पेट्रोल र अन्य वस्तुहरू आपूर्ति गर्न अधिकारीहरूसँग सम्झौता गरिरहेका छन्।

About Author

Advertisement