कान्तिपुर प्रदेश कार्यालयमा सुरक्षा गार्ड मृत भेटिए

IMG-20240512-WA0196.jpg

झापा: कान्तिपुरको कोशी प्रदेश कार्यालयमा कार्यरत सुरक्षा गार्ड मृत भेटिएका छन्। मोरङ बूढीगंगा गाउँपालिका-४ नेमुवास्थित कान्तिपुरको प्रादेशिक कार्यालयको सुरक्षा गार्ड कोठामा मृत फेला परेको पुलिसले जनाएको छ। पुलिसका अनुसार मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका -९ घर भएका अन्दाजी ५० वर्षीय बलबहादुर बस्नेत रहेका छन्।बस्नेतलाई पालो दिन आएका साथीले ढोका नखुलेपछि पर्खाल नाघेर हेरेका थिए। उनी झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला पुलिस कार्यालय मोरङले जनाएको छ।

About Author

Advertisement