कानुनी लडाइँपछि सिलगढीकी अनामिका राय हरिहर हाई स्कुलमा शिक्षिकाको रुपमा नियुक्त

IMG-20230921-WA0240.jpg

राजगञ्ज: लामो समयको प्रतीक्षापछि सिलगढीकी अनामिका राय हरिहर हाई स्कुलमा शिक्षिकाको पदमा नियुक्त भएकी छन्। तिनी आज राजगञ्ज ब्लकको हरिहर उच्च विद्यालयमा पोल्टिकल साइन्स विषयमा शिक्षिकाको पदमा नियुक्त भएकी छन्। स्मरण रहोस्, राज्यका तत्कालीन मन्त्रीकी छोरी अङ्किताको बद्लीमा बबिता अनि बबितापछि अनामिकाले सो स्कुलमा काम पाएकी हुन्। माक्सको हेरफेरको कारण तत्कालीन मन्त्री परेश अधिकारीकी छोरी अङ्किताले नोकरी गुमाएकी थिइन्। यसपछि तिनको बद्लीमा बबिता सरकारले नोकरी पाए तापनि भुल जानकारी दिएको कारण बबिताले पनि नोकरी गुमाइन्। अनामिकाको मेरिट लिस्टमा नाम रहेकोले गर्दा तिनले बबितापछि अर्को दावेदारको रूपमा मुद्दा दर्ता गरिन्। हाईकोर्टले निर्देश दिएको ४ महिनापछि अनामिकाले नियुक्ति पत्र प्राप्त गरिन्। यसैको आधारमा आज तिनी हरिहर हाई स्कुलमा शिक्षकको रूपमा नियुक्त भएकी छन्।

अनामिका रायले बताएअनुसार आज धेरै खुसीको दिन हो। मैले हिजो जोइनिङ लेटर पाएपछि आज हरिहर हाई स्कुलमा राजनीति विज्ञानको शिक्षकको रूपमा नियुक्त भएकी छु। लामो कानुनी लडाइँपछि अन्ततः एकजना शिक्षकको रूपमा स्कुलमा काम गर्न पाउँदा निक्कै खुसी छु। न्याय व्यवस्थामाथि आफूलाई पूर्ण भरोसा थियो। यसको लागि न्यायाधीश अभिजीत गङ्गोपाध्यायलाई धन्यवाद दिँदछु।

About Author

Advertisement