काठमांडूमा २५ तले अन्नपूर्ण स्क्वायर होटलको निर्माण सुरु

IMG-20241119-WA0214

काठमांडू: दरबारमार्गमा २५ तलाको अन्नपूर्ण स्क्वायर होटेल निर्माण सुरु भएको छ। अन्नपूर्ण स्क्वायर प्रालिका अध्यक्ष मिन बहादुर गुरुङले भूमी पुजन गरी होटेल निर्माणको सुरुवात गरेका हुन्।
यसअघि पाँचतारे अन्नपूर्ण होटेल रहेकै स्थानमा गगनचुम्बी होटेल निर्माण हुन लागेको हो। ६ अर्ब रुपैयाँ लगानीमा निर्माण हुने अन्नपूर्ण स्क्वायर धरहराभन्दा पनि अग्लो हुनेछ। ११ तले धरहराको भित्री भाग २२ तलाभन्दा ठूलो छ।
नेपालकै अग्लो आइकोनिक भवनमा सञ्चालन गरिने होटेलमा भाटभटेनी समूहका अध्यक्ष गुरुङसहित अन्नपूर्ण समूहका कपिल तथा सिर्जना राणा र लिटिल एन्जल्स समूहका अध्यक्ष उमेश श्रेष्ठको समेत संयुक्त लगानी रहेको छ।

About Author

Advertisement