सिलगढी: सिलगढी नगरपालिकाको वार्ड नम्बर १२ का काउन्सिलर वासुदेव घोषले बुधबार आफ्नो वार्डमा डेंगुको बारेमा सचेतना अभियान सुरु गरे। आज उनले वडाका विभिन्न स्थानमा डेंगुका बारेमा भेटेर उनीहरुलाई डेंगुबारे सचेत गराए। सो अवसरमा डेंगु रोकथामका लागि पर्चा समेत वितरण गरिएको थियो। त्यसैगरी आज वडाका विभिन्न स्थानमा ब्लिचिङ पाउडर र लामखुट्टे नियन्त्रण गर्ने स्प्रे छर्किएको थियो ।सचेतना अभियानमा मेयर परिषद् सदस्य माणिक डे, पार्षद दुलाल दत्तलगायतको सहभागिता रहेको थियो।










