कांग्रेस विधायक तृणमूलमा सामेल

00-1-Byran-Cong-MLA.jpeg

कोलकाता: सागरदिघीका कांग्रेस विधायक बायरन विश्वास अन्ततः तृणमूलमा सामेल भएका छन्। विजयको तीन महिनाभित्रै उनी तृणमूल क्याम्पमा सामेल भए। बायरनले सोमबार पश्चिम मिदनीपुरको घाटालमा तृणमूल अखिल भारतीय महासचिव तथा सांसद अभिषेक ब्यानर्जीको हातबाट पार्टीको झण्डा लिए। बायरन विधानसभामा कांग्रेसका एक मात्र विधायक थिए।

About Author

Advertisement