कांग्रेस महाधिवेशनबारे नेतृत्वलाई मतलव नै छैन: डा. शेखर कोइराला

IMG-20250428-WA0251

काठमाडौँ: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन आगामी मङ्सिरमा हुनुपर्ने भए पनि कोही पदाधिकारी नबोलेको बताउनुभएको छ।
विपी कोइराला सोसलिस्ट इन्टरनेसनल नेपालद्वारा सोमबार काठमाडौँमा आयोजित ‘विपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा विपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विचार गोष्ठीमा बोल्दै कोइरालाले यस्तो बताउनुभएको हो। 
उहाँले पार्टीका भ्रातृ संस्थाहरू लथालिङ्ग भएको पनि बताउनुभयो। ‘‘पार्टीको १५औँ महाधिवेशन मङ्सिरमा हुनुपर्ने भएपनि यस विषयमा कोही नेतृत्व तथा पदाधिकारी नबोलेको अवस्था छ। यस्तो लथालिङ्ग अवस्थाले पार्टी चल्दैन,’’ कोइरालाले भन्नुभयो। 
सांसद कोइरालाले जनतालाई को प्रधानमन्त्री हुने र को मन्त्री हुने भन्नेमा सरोकार नभएको समेत बताउनुभयो। उहाँले नागरिकहरूले धेरै नखोजेको बताउँदै भ्रष्टाचार नियन्त्रण गर्न आग्रह गरेको धारणा राख्नुभयो।
उहाँले भन्नुभयो, “नेपाली कांग्रेसको कुरा गरौँ, भ्रातृ संस्थाहरू लथालिङ्ग छ, महाधिवेशन २०८२ को मङ्सिरमा हुनुपर्ने हो। तर हुन्छ/हुँदैन, कोही नेतृत्व/पदाधिकारीहरू बोल्नुहुन्न। यसरी त पार्टी पनि चल्दैन, मुलुक पनि चल्दैन। को प्रधानमन्त्री हुने, को मन्त्री हुनेसँग जनतालाई सरोकार छैन। म सडकको जनताको कुरा गर्दै छु। नागरिकले धेरै कुरा खोजेका छैनन्। उनीहरूले तिमीहरू भ्रष्टाचार रोक, भ्रष्टाचार हुन नदेऊ भनेका छन्।” 
उहाँले भ्रष्टाचारको नियन्त्रण र अनुसन्धान गर्ने राज्यका संयन्त्रहरू कमजोर भएको पनि बताउनुभयो। 

About Author

Advertisement