कवि हरिभक्त कटुवालको जन्म जयन्ती पालन

IMG-20220702-WA0140.jpg

कालचिनी: कालजयी सृजनाका स्रष्टा तथा बहूआयामिक कवि हरिभक्त कटुवालको जन्मदिन आज श्रद्धाञ्जली स्वरूप नेपाली साहित्य प्रतिष्ठान, डुवर्सको तत्त्वावधानमा तोर्सा टि.जि. प्राइमरी स्कुल स्थित कवि हरिभक्त कटुवालको सालिक स्थलमा नेपाली साहित्य प्रतिष्ठान, डुवर्सका अध्यक्ष कमल शर्माको अध्यक्षतामा विधिवत रुपमा सम्पन्न गरियो। उक्त कार्यक्रमको शुरूवात कवि सालिकमा खदा र पुष्पार्पणबाट भएको थियो। कवि हरिभक्त कटुवालका जीवनीबारे लभकुमार भुजेलले प्रकाश पारे भने अजित कट्टेल भारद्वाज र उत्तम भुजेलले स्वरचित कविता पाठ गरेको थियो। नेपाली साहित्य प्रतिष्ठान, डुवर्सले आज कटुवालको जन्मदिन श्रद्धाञ्जली कार्यक्रम मात्र सम्पन्न गरेको बताउँदै आगामी २४ जुलाई २०२२ को दिन कवि हरिभक्त कटुवाल जयन्ती स्मृति कार्यक्रम भव्यताका साथ सम्पन्न गर्ने निश्चित भएको जानकारी प्रतिष्ठानका अध्यक्ष कमल शर्माले दिएका छन्। आजको यस कार्यक्रममा कमल शर्मा, लभकुमार भुजेल, उत्तम भुजेल, अजित कट्टेल भारद्वाज, दुर्गा राई `चामलिङ´ साथै विद्यार्थीहरूको उपस्थित रहेको थियो।

About Author

Advertisement