कवि प्रवीण राई जुनेलीलाई कञ्चन्जङ्घा अगम स्मृति पुरस्कारले सम्मान जनाउने

IMG-20230809-WA0384.jpg

गान्तोकः नेपाली साहित्य परिषदले वर्षेनी प्रदान गर्ने कञ्चन्जङ्घा अगम स्मृति पुरस्कार यस वर्ष कवि, चिन्तक एवं कथाकार प्रवीण राईलाई अर्पण गर्ने भएको छ। नेपाली साहित्य परिषद्वारा आज आयोजित एक प्रेस सम्मेलनलाई सम्बोधन गर्दै परिषदका अध्यक्ष हरि ढुङ्गेलले उक्त घोषणा गरेका हुन्।

आगामी २० अगस्त, २०२३भाषा मान्यता दिवसको अवसरमा राज्य स्तरीय कार्यक्रममा उनलाई यो पुरस्कारले सम्मानित गरिनेछ। त्यसरी नै गान्तोकमा आदिकवी भानुभक्त आचार्यको पूर्णाङ्क सालिग निर्माण गर्न ठूलो भूमिका खेल्ने हरी छेत्री, राज के श्रेष्ठ अनि भुपेन्द्र अधिकारीलाई पनि उक्त दिन सम्मानित गरिने घोषणा गरिएको छ।

सोही प्रकारले सिक्किम विश्वविद्यालयबाट एमए परीक्षामा नेपाली विषयमा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने रतन राईलाई पनि उक्त दिन प्रेमलाल स्मृति शैक्षिक पुरस्कारले पुरस्कृत गरिने बताइएको छ।

About Author

Advertisement