कवि कृष्ण परसाईँको दुईवटा कृति बिमोचित

IMG-20220609-WA0155.jpg

गान्तोक। नेपालका चर्चित जेन विधाका कवि तथा साहित्यकार कृष्ण प्रसाईँका दुईवटा कृति हिजो साँझ गान्तोकमा विमचन भयो छ। समालोचक तारानाथ शर्माको मृत्यु पछि विश्वका विभिन्न लेखक, साहित्यका तथा विषिष्ट व्यक्तिहरूद्वारा उनीमाथि व्यक्त गरिएका समवेदनाको सङ्ग्रह सम्झनामा तारानाथ शर्मा संस्मरण समवेदना नाम कृष्ण प्रसाईंद्वारा सम्पादित पुस्तक र उनको जेन कविता सङ्ग्रह घामको आयु हिजो विमोचन गरिएको हो। विविद कला एकाडेमी गान्तोकले आयोजन गरेको पुस्तक लोकार्पण कार्यक्रममा कवि कृष्ण प्रसाईं, सिक्किमका मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, सिक्किम राज्य पछौटे वर्ग आयोगकी अध्यक्ष पवित्रा भण्डारी, सिक्किम विश्वविद्यालयी प्राध्यापक डा. पुष्पा शर्मा, विविद कला एकाडेमीका अध्यक्ष किरण रसाईली लगायत राज्यका पत्रकारहरू, सिक्किम विश्वविद्यालको सङ्गीत विभागका प्राध्यापक साथै विद्यार्थीहरू र कवि मोहन दुखुनका छोरा रोशन दुखुनको उपस्थिति रहेको थियो। यस अवसरमा कवि कृष्ण प्रसाईंले जेन कविताका विषयमा छोटो जानकारी प्रदान गर्नसितै आफ्नो कृतिबाट नौवटा कविता वाचन गरे। यस अवसरमा कवि भीम रावतले एउटा व्यङ्ग कविता वाचन गरे भने सिक्किम विश्वविद्यालयको सङ्गीत विभागका विद्यार्थीले साङ्गीतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

About Author

Advertisement