कवरको रूपमा भारतीय टेस्ट टीममा सामेल भए हर्षित राणा

IMG-20250618-WA0007

नयाँ दिल्ली: ईंग्ल्याण्डविरुद्ध ५ वटा टेस्ट म्याचको सीरीज अघि पेस बलर हर्षित राणालाई कवरको रूपमा भारतीय टीममा सामेल गरिएको छ। उनी टीमका अन्य सदस्यहरूसँग ट्रेनद्वारा लीड्स पुगेका छन्, जहाँ भारतले २० जूनदेखि पहिलो टेस्ट म्याचमा हिस्सा लिनेछ। हर्षित भारत ए टीमको हिस्सा थिए अनि उनले ईंग्ल्याण्ड लायन्सविरुद्ध पहिलो अनौपचारिक टेस्ट म्याचमा हिस्सा लिएका थिए। हर्षितले गत वर्ष अष्ट्रेलिया यात्रामा भारतीय टीमको निम्ति पदार्पण गरेका थिए तर उनलाई ईंग्ल्याण्डविरुद्ध १८ सदस्यीय टीममा स्थान प्राप्त भएन। २३ वर्षीय यस पेस बलरले भारतको निम्ति अहिलेसम्म २ वटा टेस्ट, ५ वटा वनडे र एउटा टी२०आई म्याच खेलेका छन्। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले हर्षितलाई कवरको रूपमा भारतीय टीममा सामेल गरिएको अनि उनी टीमसँग लीड्स पुगिसकेको जानकारी दिएको छ।
हर्षितलाई टीमका रहल सदस्यहरूसँग लीड्स रेलवे स्टेशनबाट बाहिर निस्किरहेको देखियो। टीम लण्डनबाट लीड्स पुगेको छ। भारतले बेकनहेममा भारत ए टीमविरुद्ध इण्ट्रा स्क्वाड म्याच खेलेको थियो, जुन यस सीरीज अघि एकमात्र अभ्यास म्याच थियो। केएल राहुल, करुण नायर, यशस्वी जयसवाल, शार्दुल ठाकुर, ध्रुव जुरेल र नीतीश रेड्डी जस्ता खेलाड़ीहरू चाहिँ भारत ए टीमसँग अगावै ईंग्ल्याण्ड पुगेका थिए। यी सबै खेलाड़ीहरूले ईंग्ल्याण्ड लायन्सविरुद्ध २ वटा अनौपचारिक टेस्ट म्याचमा हिस्सा लिएका थिए।
ईंग्ल्याण्ड यात्राको निम्ति भारतीय टेस्ट टीम यसप्रकार छः
शुभमन गिल (कप्तान), रिषभ पन्त (विकेटकीपर तथा उपकप्तान), यशस्वी जयसवाल, केएल राहुल, साई सुदर्शन, अभिमन्यु ईश्वरन, करुण नायर, नीतीश कुमार रेड्डी, रविन्द्र जडेजा, ध्रुव जुरेल (विकेटकीपर), वाशिंगटन सुन्दर, शार्दुल ठाकुर, जसप्रीत बुमराह, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा, आकाश दीप, अर्शदीप सिंह, हर्षित राणा, कुलदीप यादव।

About Author

Advertisement