कल्याण बनर्जीको निलम्बन फुकुवा गर्न लोकसभा सभामुखलाई अभिषेक बनर्जीको पत्र

IMG_e7ad78cb-8a83-4168-aa1a-2b2c63ea3d4a

​नयाँ दिल्ली: तृणमूल कंग्रेस (टीएमसी) का सांसद अभिषेक बनर्जीले लोकसभा सभामुख ओम बिरलालाई पत्र लेखी पार्टीका प्रमुख सचेतक (चिफ ह्विप) कल्याण बनर्जीको निलम्बन रद्द गर्न माग गरेका छन्। यही मंसिर १४ (नोभेम्बर ३०) बाट सुरु हुन लागेको संसद्को विशेष अधिवेशनमा बनर्जीको उपस्थिति अनिवार्य रहेको भन्दै उनले निलम्बन फुकुवाका लागि आग्रह गरेका हुन्।
​मनसुन अधिवेशन अन्त्य (सत्रावसान) नगरी अनिश्चितकालका लागि स्थगित मात्र गरिएकाले कल्याण बनर्जीको निलम्बन अझै कायम रहेको पत्रमा उल्लेख छ। गत साउन ६ (जुलाई २२, २०२६) मा मनसुन अधिवेशनको बाँकी अवधिका लागि बनर्जीलाई सदनको कारबाहीबाट निलम्बन गरिएको थियो। उक्त अधिवेशन साउन २८ (अगस्ट १३, २०२६) मा अनिश्चितकालका लागि स्थगित भए पनि विधिवत् अन्त्य नगरिएकाले आगामी बैठकमा समेत निलम्बनले निरन्तरता पाएको हो।
​निलम्बन कायमै रहँदा निर्वाचित जनप्रतिनिधि तथा पार्टीको प्रमुख सचेतकको हैसियतले संसदीय कारबाहीमा सहभागी हुन र पार्टीको समन्वयकारी भूमिका निर्वाह गर्न बनर्जी वञ्चित हुने अभिषेकले पत्रमा औँल्याएका छन्।
​यसका लागि उनले लोकसभा कार्यसञ्चालन नियमावलीको नियम ३७४ (२) को हवाला दिएका छन्। उक्त नियमअनुसार सदनमा प्रस्ताव पेस गरी कुनै पनि समयमा सांसदको निलम्बन अन्त्य गर्ने निर्णय लिन सकिने व्यवस्था छ। सोही प्रावधानअनुसार आगामी बैठकलाई मध्यनजर गर्दै निलम्बन फुकुवाको प्रस्तावमाथि शीघ्र विचार गरिदिन उनले सभामुख बिरलासमक्ष अनुरोध गरेका छन्।

About Author

Advertisement