११ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टमा शनिरवार दुईवटा म्याच खेलियो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा आज भएको पहिलो म्याचमा जर्जियन युनाइटेड एफसी-ले तरुण संघ (रंगली)-लाई ५-०-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रवीण सुब्बा र प्रणय मुखियाले २-२ गोल गरे। यसबाहेक सिलास लेप्चाले १ गोल गरे। यसरी नै दोस्रो म्याचमा सुन्तले बोइजले मंगपू युनाइटेडलाई ३-०-ले पराजित गऱ्यो।विजेता टीमबाट सुरज छेत्री, प्रणेश तामाङ र राज तामाङले १-१ गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा 36 वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ३० सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल २ अक्टोबरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।











