कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति फूटबलः त्रिवेणी स्टार र २९ माईल विजयी

IMG_20220906_220052.jpg

६ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टमा मंगलवार दुईवटा म्याच खेलियो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा आज भएको पहिलो म्याचमा त्रिवेणी स्टार, फाप्रीले फोर स्टार आरएल ब्रदरलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट ज्ञानदीप तामाङ र एमसी मासबाले गोल गरे। यसरी नै दोस्रो म्याचमा २९ माईलले हिमगिरी युथ क्लब, मंगपूलाई टाईब्रेकरमा ४-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ३६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ३० सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल २ अक्टोबरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement