कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति फूटबलः युनाइटेड बोइज क्लब र भोल्भो एपेक्स ७ अघिल्लो राउण्डमा

IMG_20220905_234754.jpg

५ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्ट सोमवारदेखि शुरु भयो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा आज पहिलो दिन दुईवटा म्याच खेलियो। दिनको पहिलो म्याचमा युनाइटेड बोइज क्लब (लंकु)-ले एवाईसी लाब्दालाई ३-०-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा भोल्भो एपेक्स ७-ले चिन्लोप सेभेनलाई ६-३-ले पराजित गऱ्यो। अनुप तामाङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा बी.सी. कर्मकार उपस्थित थिए। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ३६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ३० सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल २ अक्टोबरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement