कर्मा डेम भोटियाले हत्याइन् मेगा मिस सिक्किम २०२५ को ताज

IMG-20250202-WA0334

गान्तोक: पश्चिम सिक्किम गेजिङ निवासी कर्मा डेम भोटियाले सिक्किमलाई थप उचाइमा लाँदै मेगा मिस सिक्किमको पाधी हासिल गरेकी छन्। भोटियाले असमको गुवाहाटीमा आयोजित २१औं मेगा मिस नर्थइस्ट प्रतियोगितामा मेगा मिस सिक्किम २०२५ को प्रतिष्ठित उपाधि हासिल गरेकी हुन्। सिक्किमको प्रतिनिधित्व गर्दै कर्माले पूर्वोत्तर राज्यमा उत्कृष्ट प्रदर्शनी गरेकी थिइन्। प्रतियोगितामा पूर्वोत्तर राज्यका ५६ प्रतिस्पर्धीहरू सामेल थिए। उनले उत्कृष्ट प्रतिस्पर्धा गर्दै शीर्ष १२ फाइनलिस्टहरूमा स्थान पक्का गरेकी थिइन्। कार्यक्रम आयोजक समितिले कर्माको आत्मविश्वास र स्टेज पर्फर्मेन्सको प्रशंसा गर्दै उनलाई प्रतियोगिताभरिका एक उत्कृष्ट प्रतिस्पर्धीको रूपमा लिइएका थिए। उनको सफलताले सिक्किमको ग्ल्यामर क्षेत्रलाई अर्को स्तरमा पुऱ्याएको छ। जसले प्रतिष्ठित प्लेटफर्मको तयारी गर्दै युवा प्रतिभाहरूलाई तयार पार्न र प्रेरित गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ। यस वर्ष, सिक्किम ग्ल्यामर वर्ल्डले मेगा मिस नर्थइस्टमा आफ्नो सहभागिता दिँदै तीन जनालाई पठाएको थिए। जसमा हिबर्मेककी आस्था प्रधान र गौचरण, असमलिङजेकी आकृति राई समावेश छन्। दुवै प्रतियोगीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्दै आफ्नो छाप छोड्न सफल बनेका छन्। कर्मा डेम भुटियाको विजयसँगै, सिक्किमले सौन्दर्य प्रतियोगितामा आफ्नो वर्चस्व जारी राखेको छ।

About Author

Advertisement