करोडौँ रुपियाँ ठगेको आरोपमा सेना जवानको स्वास्नी पक्राउ

u8o.png

सिलगढी: साथीहरूबाट करोडौँ रुपियाँ ऋण लिएर सुइँकुच्चा ठोकेकी हेम कुमारी तामाङलाई पुलिसले पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। स्मरण रहोस्, आरोपी महिला सेना जवानको स्वास्नी हुन्। तिनले विभिन्न असुविधाहरू देखाएर सेनाका स्वास्नीहरूबाट रुपियाँ ऋण लिएपछि केही दिनको अवधि रुपियाँ फिर्ता दिने आश्वासन समेत दिएकी थिइन्। रुपियाँ लिएपछि उक्त महिलाले सुइँकुच्चा ठोकेको बताइएको छ। यसपछि ऋण दिने महिलाहरूले हेम कुमारी तामाङविरुद्ध बाघडुग्रा थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले घटनाको जाँच शुरू गरेको थियो। हिजो उक्त महिलाले बाघडुग्रा थाना आत्मसमर्पण गरेको बताइएको छ।   

About Author

Advertisement