करियर काउन्सेलिङको आयोजना गर्ने

IMG-20220604-WA0166.jpg

बीरपाडा। दारीहाट खण्ड वरिपरि क्षेत्रहरूमा सामाजिक संस्था हाम्रो समाज साथै चन्द्रवीर प्रधान ग्रामीण जन पुस्तकालयको जनसम्पर्क अभियान| हाम्रो समाज तथा चन्द्रवीर प्रधान ग्रामीण जन पुस्तकालयले ५ जून (भोलि) विश्व पर्यावरण दिवसको अवसरमा करियर काउन्सेलिङको आयोजना गर्ने निधो गरेका छन्| यस भेगको माध्यमिकदेखि अझ माथिल्लो तहको शिक्षा आर्जन गरेका विद्यार्थीहरूलाई करियर काउन्सेलिङबारे अवगत गराउँदै सूचना अनि प्रसार कार्यक्रम अभियानमा लागी परेका छन्| सूचना अनि प्रसारका निम्ति बीरपाडा, दलमोर, रामझोडा, दुम्सीपाडा, माक्रपाडा, गारोचिरा, बन्दापानी आदि क्षेत्रहरू भ्रमण गरेका छन्|
हाम्रो समाज वीरपाडाका सचिव हर्कु तामाङले भने कि कतिपय विद्यार्थीहरूले माध्यमिक, उच्चतर माध्यमिक तथा अझ माथिल्लो तहको शिक्षा आर्जन गरे तापनि कुन नोकरीको निम्ति कस्तो तयारी गर्नुपर्ने अनि कसरी गर्नुपर्ने विषयमा अनभिज्ञ रहेका बताए| ती विद्यार्थीहरूलाई सठिक मार्ग निर्देशन दिनलाई उक्त शैक्षिक काउन्सेलिङ ५ जुन बीरपाडा नेपाली उच्च विद्यालयको प्रेक्षागृहमा सम्पन्न गरिने तिनले बताए| करियर काउन्सेलिङ कार्यक्रम सम्पन्न भएपछि कस्तो स्थिति अनि माग रहने छ , त्यसलाई ध्यानमा राखेर सम्भव भए विद्यार्थीहरूको निम्ति विभिन्न शैक्षिक विषयहरूमा निःशुल्क प्रशिक्षण शिविरको शुभारम्भ गर्न पर्ने पनि तिनले बताए| उक्त कार्यक्रममा हाम्रो समाजले पेशागत स्रोतव्यक्तिलाई आमन्त्रित गरेको छ| यसर्थ अझ विस्तृत जानकारी ग्रहण गर्नको निम्ति सचिव हर्कु तामाङले बीरपाडा अनि वरिपरिका माध्यमिकदेखि अझ माथिल्लो तहको शिक्षा आर्जन गरेका विद्यार्थीहरूलाई उक्त कार्यक्रममा उपस्थित भइदिने आग्रह गरेका छन्|

About Author

Advertisement