कम्बोडियाको लागि सिधा उडान शुरु

IMG-20251113-WA0012

कोलकाता: इन्डिगोले आजदेखि कोलकाता र सिम रीप (कम्बोडिया) बीच सिधा उडान शुरु गरेको छ। यो नयाँ सेवासँगै, इन्डिगो कम्बोडियामा सिधा उडान सञ्चालन गर्ने पहिलो भारतीय एयरलाइन बनेको छ। एयरबस ए३२०नियो विमानबाट सञ्चालित, उडानहरू हप्ताको तीन दिन (सोमबार, बिहीबार र शनिबार) सञ्चालन हुनेछन्।
सिम रीप इन्डिगोको ४६औं अन्तर्राष्ट्रिय र १४० औं समग्र गन्तव्य बनेको छ, जसले एयरलाइनको अन्तर्राष्ट्रिय नेटवर्कलाई अझ बलियो बनाउँछ।
“हामी सिम रीपमा हाम्रो पहिलो उडान सुरु गर्न पाउँदा खुसी छौं। यो इन्डिगोको ४६ औं अन्तर्राष्ट्रिय गन्तव्य हो, जसले हाम्रो दक्षिणपूर्व एशिया नेटवर्कलाई अझ बलियो बनाउँछ। यो कुनै भारतीय एयरलाइनद्वारा सुरु गरिएको भारत र कम्बोडिया बीचको पहिलो प्रत्यक्ष हवाई सम्पर्क हो। हामी विश्वस्त छौं यो उडानले भारत र आसियान क्षेत्र बीचको सम्बन्धलाई अझ गहिरो बनाउनेछ।”
इन्डिगोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पिटर एल्बर्सले भने, कम्बोडियाको सिम रीप, अंगकोर वाटको प्रवेशद्वार र देशको दोस्रो ठूलो शहर हो। भारतीय पर्यटकहरूको बढ्दो चासो र आगमनमा भिसा र ई-भिसा सेवाहरूको उपलब्धतासँगै, यो नयाँ उडानले पर्यटनलाई बढावा दिनेछ र भारत-कम्बोडिया सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउनेछ।
उडान तालिका (नोभेम्बर १३, २०२५ देखि लागू):
सेक्टर उडान संख्या दिन प्रस्थान आगमन:
कोलकाता – सिम रीप ६ई १६५५ सोमबार, बिहीबार, शनिबार ०१:५० ०६:२०
सिएम रीप – कोलकाता ६ई १६५६ सोमबार, बिहीबार, शनिबार ०७:२० ०८:५५

About Author

Advertisement