कमला तामाङलाई गौरव सम्मान पुरस्कार प्रदान गरिने

photocollage_2022812202749756.jpg

सिलगढी: सिद्धार्थ तथागत कला साहित्य संस्थान उत्तर प्रदेशले संस्थासित ८ वर्षसम्म संलग्न रहेका साहित्यकार अनि सल्लाहकारहरूलाई विशेष सम्मान प्रदान गर्ने निर्णय लिएको संस्थाका संरक्षक डाक्टर राजेन्द्र परदेशीले बताएका छन्। तिनले बताएअनुसार संस्थाले २०२२ को प्रथम तथागत गौरव सम्मान पुरस्कार हिन्दी अनि नेपाली साहित्यका चर्चित लेखिका मिरिक निवासी कमला तामाङलाई प्रदान गरिने घोषणा गरेको छ। नारी हस्ताक्षर कमला तामाङलाई एक कार्यक्रम माझ उक्त सम्मान प्रदान गरिने भएको छ। अर्कोतिर, प्रथम तथागत गौरव सम्मान पुरस्कार पाउने कुरा थाहा पाएपछि कमला तामाङले भनिन्, विगत केही वर्षदेखि सिद्धार्थनगर स्थित ‘सिद्धार्थ तथागत कला साहित्य संस्थान’ सित जोडिने सुअवसर मैंले पाएकी छु। मेरो निम्ति यो एउटा ठूलो हर्ष र गर्वको कुरा हो। यस संस्थानले मलाई मेरो लेखनमा प्रेरित गर्दै आएको छ। यो पुरस्कार मेरो निम्ति मात्र नभएर समस्त नेपाली भाषा साहित्य, संस्कार, संस्कृति र जातिको लागि गर्वको कुरा हो।

About Author

Advertisement