कमनवेल्थ गेम्सको उद्घाटन समारोहको निम्ति मीराबाई चानू र लवलीना बोरगोहेनलाई ठूलो जिम्मेवारी

IMG-20260719-WA0054

नयाँ दिल्ली: ओलम्पिक पदक विजेता वेट लिफ्टर मीराबाई चानू र बक्सर लवलीना बोरगोहेनलाई ग्लास्गोमा हुने कमनवेल्थ गेम्सको उद्घाटन समारोहको निम्ति भारतको ध्वजवाहक अनि बेटन बेयरर बनाइएको छ। भारतीय ओलम्पिक समिति (आईओए)-ले यसको आधिकारिक घोषणा गरेको छ। यस मल्टी स्पोर्टस आयोजनको शुुरुवात २३ जुलाईमा उद्घाटन समारोहको साथ हुनेछ। भारतीय ओलम्पिक संघकी अध्यक्ष पीटी उषाले मीराबाई र लवलीनालाई यो जिम्मेवारी प्राप्त भएकोमा खुशी व्यक्त गरेकी छन्। उनले भनिन्, मीराबाई र लवलीनाले यो जिम्मेवारी निर्वाह गर्नु गर्वको कुरा हो। दुवै खेलाड़ीले अन्तर्राष्ट्रिय स्तरमा भारतको निम्ति निरन्तर असल प्रदर्शन गरेकी छन् अनि अहिले ब्रिटेनमा हुने खेलहरूको तयारी गरिरहेकी छन्। यस साल ८ अगस्तमा ३२ सालकी हुन गइरहेकी मीराबाई लगभग एक दशकदेखि भारतको प्रमुख वेट लिफ्टर रहेकी छन्। उनले टोक्यो ओलम्पिक २०२१-मा महिलाहरूकी ४९ किग्रा वर्गमा रजत पदक जितेकी थिइन्। यसरी उनले २०२२ बर्मिंघम कमनवेल्थ गेम्समा स्वर्ण पदक जितेकी थिइन्। त्यसपछि २०२४ पेरिस ओलम्पिकमा सफलता हासिल गर्न नसके पनि उनी ग्लास्गोमा पदक जित्ने प्रबल दावेदारको रूपमा ओर्लिनेछिन्। यसरी भारतकी शीर्ष महिला बक्सर लवलीनाले टोक्यो ओलम्पिकमा काँस्य पदक जितेकी थिइन्। यसबाहेक उनले २०२३ विश्व च्याम्पियनशीपमा स्वर्ण पदक जितेकी थिइन्। त्यही साल उनले एशियन गेम्समा रजत पदक हासिल गरेकी थिइन्। ग्लास्गो कमनवेल्थ गेम्समा पनि भारतलाई उनीबाट असाधारण प्रदर्शनको आशा रहनेछ।

About Author

Advertisement