कफि खेती विषयमा तीनधारे चियाबारी र दुई नम्बर बस्तीको विभागीय निरीक्षण

IMG-20230520-WA0260.jpg

खरसाङ: जीटीएको हर्टिकल्चर विभागको आयोजनामा तीनधारे चियाबारी र दुई नम्बर बस्तीमा कफी खेतीको लागि विभागीय सर्वे गरिएको छ। केही दिन अघि तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको पहलमा घैयाबारी ग्राम पञ्चायत दुई अन्तर्गत तीनधारे क्षेत्रको लागि कफि खेती विषयमा प्रशिक्षण शिविरको आयोजना गरिएको थियो भने त्यसैे अनुरुप हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइली र विभागीय निर्देशक सोनाम भोटियाद्वारा कफि खेतीको सम्भावना विषयमा तीनधारे चियाबारी र दुई नम्बर बस्तीमा सर्वे गर्ने कार्य सम्पन्न गरेका छन्। यसको साथै कफि खेती गर्नको लागि विभागीय रूपमा नि:शुल्क रूपमा कफि वितरण गरिने साथै कफि खेतीको लागि ट्रेनिङ पनि दिइने भएको छ। कफि खेतीको सम्भावना विषयमा जीटीए हर्टिकल्चर विभागको निर्देशक सोनाम भोटिया र एमओडी सभासद प्रणाम रसाइलीले तीनधारे चियाबारी र दुई नम्बर बस्तीको निरीक्षण गरेका छन्।

यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइलीले क्षेत्रीय सभासद नवराज छेत्रीको पहल अनुसार आज हामीले कफि खेती विषयमा तीनधारे चियाबारी र दुई नम्बर बस्तीको निरीक्षण गरेको जानकारी गराएका छन्। उनले कफि खेतीलाई राम्रोसितले गर्न सकिए कृषकहरूका आय स्रोत बढ़ाएर लानु सकिन्छ भन्दै कफि खेती विषयमा सबै कृषकहरूका जानकारी संकलन भएपछि हामी विभागीय रूपमा कफि खेतीको लागि विभागीय रूपमा सहयोग गर्नेछौं भनी बताएका छन्।

About Author

Advertisement