कप्तान सूर्यकुमारको लड़ाइँले भारतको अमेरिकाविरुद्ध २९ रनले जीत

IMG-20260208-WA0051

मुम्बई: भारतले आईसीसी टी२० वर्ल्ड कपमा आफ्नो पहिलो म्याचमा अमेरिकालाई २९ रनले पराजित गऱ्यो। मुम्बईको वानखेड़े स्टेडियममा खेलिएको ग्रुप ए-को म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै भारतले निराशाजनक शुरुवातपछि कप्तान सूर्यकुमार यादवको अविजित अर्द्धशतकको सहायताले २० ओभरमा ९ विकेट गुमाएर १६१ रन बनायो। त्यसपछि अमेरिकी टीमले २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो। आज खेलिएको दिनको तेस्रो म्याचमा पहिला ब्याटिंग गर्दै भारतको शुरुवात निराशाजनक रह्यो अनि अभिषेक शर्मा खाता नखोली आउट भए। त्यसपछि छैटौं ओभरमा ३ जना ब्याटर आउट हुँदा भारतको स्कोर ४ विकेटमा ४६ रन भयो। शाडली वान शाल्कविकले ईशान किशन (२०), तिलक वर्मा (२५ रन) र शिवम दुबेलाई एकै ओभरमा आउट गरे। दुबेले खाता नै खोलेनन्। त्यसपछि कप्तान सूर्यकुमारले अविजित ८४ रन बनाएर टीमलाई हेर्न लायकको स्कोरसम्म पुऱ्याए। उनले ४९ बल खेलेर १० वटा चौका र ४ वटा छक्का लगाए। रिंकू सिंह ६, हार्दिक पाण्ड्या ५ र अक्षर पटेल १४ रन बनाएर आउट भए। अमेरिकी बलरहरूमा शाल्कविकले सर्वाधिक ४ विकेट लिए। चुनौतीपूर्ण लक्ष्यलाई पीछा गर्दै अमेरिकाले पनि १३ रनमै ३ विकेट गुमायो। त्यसपछि मिलिन्द कुमार (३४), सञ्जय प्रसाद कृष्णमूर्ति (३७) र शुभम रञ्जन (३७ रन)-ले प्रयास गरे पनि टीमलाई हारबाट बचाउन सकेनन्। भारतीय बलरहरूमा मोहम्मद सिराजले सर्वाधिक ३ विकेट लिए। भारतीय कप्तान सूर्यकुमार यादवले प्लेयर अव् द म्याचको ट्रफी हासिल गरे।

About Author

Advertisement