कप्तान रोहितले मुख्य प्रशिक्षक द्रविड़को प्रशंसा गरे

IMG-20240605-WA0159.jpg

न्यूयोर्क: भारतीय कप्तान रोहित शर्माले बताएअनुसार, उनले वर्तमान मुख्य प्रशिक्षक राहुल द्रविड़लाई गत अढ़ाई सालमा टीममा उनको व्यापक योगदानको निम्ति सराहना गर्नको साथै यस जिम्मेवारीलाई जारी राख्नको निम्ति फकाउने प्रयास पनि गरेको स्वीकार गरे। द्रविड़ले टी२० वर्ल्ड कप भारतीय टीमसँग उनको अन्तिम टुर्नामेण्ट हुने घोषणा गरिसकेका छन्। रोहित राष्ट्रिय टीममा उनको पहिलो कप्तानबारे कुरा गर्दा भावुक बने। अहिले गौतम गम्भीरलाई द्रविड़को उत्तराधिकारी मानिएको छ तर उनले पदको निम्ति आवेदन गरेका छन् या छैनन् भन्ने चाहिँ अहिलेसम्म स्पष्ट भएको छैन। रोहितले आयरल्याण्ड विरुद्ध म्याचअघि भने, मैले उनलाई (द्रविड़)-लाई रोक्ने कोशिश गरे तर यस्ता धेरै कुराहरू छन् जसलाई उनले नै ध्यान राख्नु पर्छ। मैले व्यक्तिगत रूपमा उनीसँग काम गर्ने आनन्द लिएँ। रोहितले यस अवसरमा आफ्नो अन्तर्राष्ट्रिय पदार्पणलाई याद गर्दै भने, मैले राहुल द्रविड़कै कप्तानीमा अन्तर्राष्ट्रिय करियर शुरु गरेको थिएँ। मैले आयरल्याण्ड विरुद्ध पदार्पण गर्दा उनी कप्तान थिए। टेस्ट म्याचहरूका निम्ति टीममा आउँदा मैले नजिकबाट उनले खेलेको हेर्ने अवसर पाएँ। उनी हामी सबैको आदर्श रहे। हामी उनलाई खेलिरहेको हेर्दै हुर्किएका हौं अनि एकजना खेलाड़ीको रूपमा उनले हासिल गरेको उपलब्धिहरूबारे हामीलाई थाहा छ। हामी गत केही सालदेखि टीमको निम्ति उनको योगदानलाई सराहना गर्छौं।
रोहितले बताएअनुसार, टोलीलाई मुश्किल परिस्थितिहरूबाट बाहिर निकाल्ने कला द वाल-को नामले चिनिने द्रविड़मा रहेको छ। रोहित-द्रविड़ युगमा भारतले कुनै वैश्विक ट्रफी जित्न नसके पनि टीमको विकासमा मुख्य प्रशिक्षकको ठूलो योगदान रहेको छ। रोहितले भने, उनले आफ्नो पूरा करियरमा मजबूती देखाए अनि प्रशिक्षकको रूपमा टीममा आएपछि मैले उनीबाट धेरै कुरा सिक्ने मौका पाएँ। उनी प्रेरणादायी व्यक्ति हुन्। ठूलो ट्रफी बाहेक हामीले अन्य सबै प्रमुख टुर्नामेण्ट र सीरीज जित्यौं। उनीसँग काम गर्दा मैले हरेक कुराको आनन्द लिएँ। टीमलाई कुन दिशामा लैजानु पर्नेछ भन्ने विषयमा उनको परामर्श सदा फाइदाजनक रह्यो। द्रविड़ले नोभेम्भर २०२१-मा प्रशिक्षक पद सम्हालेका थिए।

About Author

Advertisement