कपिल शर्मामाथि सम्झौता उल्लंघन गरेको आरोप

Kapil-Sharma

मुम्बई: कपिल शर्मा टीभीका चर्चित कमेडियन हुन्। कपिलको कमेडीले मानिसहरू वर्षौंसम्म हाँस्ने गरेका छन्, उनका शो ‘द कपिल शर्मा शो’ र ‘कमेडी नाइट्स विथ कपिल’लाई फ्यानहरूले निकै रुचाएका थिए। जून महिनादेखि कपिल आफ्नो कमेडी शोको टोलीसँग अमेरिका र क्यानडाको भ्रमणमा छन्। यस्तो अवस्थामा अहिले उनीमाथि गम्भीर आरोप लागेको छ। हाल कपिल शर्मा आफ्नो टीएमसँग क्यानडामा शो गरिरहेका छन्। उनीसँगै हास्य कलाकार कृष्णा अभिषेक, किकु शारदा, चन्दन प्रभाकर, सुमोना चक्रवर्ती र राजीव ठाकुर पनि छन्। एक रिपोर्टका अनुसार अमेरिकाका एक चर्चित प्रमोटरले कपिल शर्मामाथि सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्। प्रमोटरका अनुसार कपिलले ६ शहरमा प्रदर्शन गर्ने वाचा गरेका थिए, जसमा उनी शोमा आएनन्। साथै कपिलले शहरमा प्रदर्शन नगरेकोमा क्षतिपूर्ति दिने वाचा समेत गरेको उनले बताए।

About Author

Advertisement