सिलगढी: सिलगढी नजिकैको फुलबारी महानन्द ब्रिज क्षेत्रमा कन्टेनर चालकले टोटो र बाइक चालकलाई धक्का दिएको छ। यस दुर्घटनामा कुल पाँच जना घाइते भएका छन्। दुर्घटनापछि स्थानीय बासिन्दाले तुरुन्तै सहयोग गर्न आएका र सबैलाई अस्पताल पुर्याएका थिए। सूचना प्राप्त हुनासाथ नयाँ जलपाईगुडी थानाको पुलिस घटनास्थलमा पुग्यो। पुलिसले तीनवटै गाडी बरामद गरी पुलिस चौकीमा ल्याएको छ। साथै पुलिसले घाइतेहरुको नाम र ठेगाना समेत पत्ता लगाउने प्रयास गरिरहेको छ। यसैबीच कन्टेनर चालक र उनका साथीले अत्याधिक मदिरा सेवन गरेको स्थानीयले बताएका छन्। मोटरसाइकल चालक र टोटो चालक सहि दिशामा हिडिरहेका थिए तर अचानक उनले दुबैलाई धक्का दिए। कन्टेनर चालकले यति धेरै मदिरा सेवन गरेका थिए कि उनी राम्ररी उभिन समेत नसक्ने भएका थिए। यस विषयमा सम्पूर्ण अनुसन्धान भइरहेको पुलिसले जनाएको छ।










