कथाकार नर्सिङ निर्जातका कथा सङ्ग्रह प्रीत्तिलाञ्जलि लोकार्पित

n5599639101701016320518de9b72876acf344d198660fa0cc9ac4d51914936a42b6643595dbf113e0f7d48.jpg

गान्तोक: नेपाली साहित्यमा नर्सिङ निर्जातको नाममा लामो समयदेखि कविता, कथा साहित्य अभ्यासमा रहेका नर्सिङ राईको कथा सङ्ग्रह प्रीत्तिलाञ्जलि लोकार्पण गरिएको छ। सरमसा नजिक एक होटलमा आयोजित भव्य कार्यक्रममा उनको तेस्रो मौलिक कृति लोकार्पण गरिएको हो।

कार्यक्रममा तादोङ निर्वाचन क्षेत्रका विधायक जीटी ढुङ्गेल मुख्य अतिथिको रूपमा उपस्थित थिए भने विशिष्ठ अतिथिमा दार्जीलिङको स्थापित बाल साहित्यकार तथा प्रकाशक मधुसुदन विष्ट, सिक्किमका साहित्यकार अमर बानियाँ लोहोरोको बाहुलीबाट कृति प्रीत्तिलाञ्जलिको लोकार्पण गरियो।

यस अवसरमा कथाकार निर्जातले आफ्नो तेस्रो मौलिक कृतिको लोकार्पण कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै आभार प्रकट गरे। कार्यक्रममा साहित्यकार अमर बानियाँ लोहोरोले कथा सङ्ग्रहबारे संक्षिप्त जानकारी दिँदै यसको भूमिका लेखनको समय गरिएको अध्ययनले खुट्याएका कुराहरूलाई जानकारीमा राखे। जम्मा १३ वटा कथाहरूको सङ्ग्रह प्रीत्तिलाञ्जलिलाई पुस्ताकारमा दार्जीलिङको साझा प्रकाशनले प्रकाशित गरेको छ।

कार्यक्रममा सिक्किमका साहित्यप्रेमीगणहरूको साथमा दार्जीलिङबाट आएका साहित्यकार किरण स्याङ्देन, एमएस राणा, सङ्गम थापा र कथाकार निर्जातका हितैषीहरूको विशेष उपस्थिति रहेको थियो। कथाकार निर्जातको यस अघि एउटा नेपाली कविता सङ्ग्रह र एउटा अङ्ग्रेजी कथा सङ्ग्रह प्रकाशित छ।

About Author

Advertisement