कतारका अमीर दुई दिने भारत भ्रमणमा

Pm-Modi-Qatar-PTI-news-india-world-news_ws

न्यू दिल्ली: कतारका अमीर शेख तमीम बिन हमद अल थानी दुई दिने भ्रमणमा आज भारत आइपुगेका छन्। दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागत गरियो।
परम्परा तोड्दै अमीरकाे स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैं एयरपोर्ट पुगेका थिए। अमिरलाई प्रधानमन्त्री मोदीले विमानस्थलमा अँगालो हालेर स्वागत गरे।
भारतको दुई दिने भ्रमणका क्रममा कतारका अमिरले प्रधानमन्त्री मोदीसँग वार्ता गर्ने र राष्ट्रपति मुर्मुलाई पनि भेट्ने छन्। उनले मंगलबार राष्ट्रपति द्रौपदी मुर्मुलाई भेट्ने र प्रधानमन्त्रीसँग वार्ता गर्नेछन्।
यसबाहेक उनले भारतका विदेशमन्त्री एस जयशंकरसँग पनि भेट गर्नेछन्। विदेशमन्त्री जयशंकर र कतारका अमीरबीच आज नै भेट हुनेछ।


मंगलबार बिहान कतारका अमीरकाे राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिने छ, त्यसपछि उनले ‘हैदराबाद हाउस’ मा प्रधानमन्त्री मोदीसँग भेट गर्नेछन्।
दुई दिने भारत भ्रमणमा उहाँसँग वरिष्ठ मन्त्री, अधिकारी र व्यापार प्रतिनिधिमण्डल आएका छन्।

About Author

Advertisement