कट्टुमा सुन देख्दा सबै परे छक्क

Gold-copy

मंगलुरु: मंगलुरु अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार अधिकारीहरूले दुबईबाट एयर इण्डियाको उडानमा आएका एक यात्रुबाट ८३१ ग्राम तौल भएको २४ क्यारेट सुन बरामद गरेका छन्। केरलाको कासारगोडबाट आएका एक यात्रुले पेस्टको रूपमा सुन बोकेको भन्सार अधिकारीहरूले मिडियालाई बताए। उनले सेतो टेपको झोलामा सुन प्याक गरेका थिए। उसले आफूले लगाएको कट्टुमा सिलाएको गोजीमा लुकाएर राखेका थिए। बरामद गरिएको सुनको मूल्य ४३ लाख २९ हजार रुपियाँ रहेको बताइएको छ।

About Author

Advertisement